‘सरी मम’ को लागि कलाकारहरूको खोजी-Sutra News

‘सरी मम’ को लागि कलाकारहरूको खोजी

बुधबार, २६ फाल्गुन २०७७

बुधबार, २६ फाल्गुन २०७७

काठमाडौं- पछिल्लो समय नेपालमा कोरोना महामारीको असर केही समान्य बन्दै जाँदा, रोकिएका फिल्महरुको छायांकन तथा नयाँ फिल्महरुको निर्माण घोषणा हुन थालेका छन् ।



यस्तैमा अब नयाँ फिल्म ‘सरी मम’ बन्ने भएको छ । बिनोद लामाको प्रस्तुतिमा निर्माण हुन लागेको उक्त फिल्मको लागि अडिसन आह्वान गरिएको छ ।

निर्माण टिमले फिल्ममा नवकलाकारलाई भित्र्याउन खोजिरहेका छन् । जसमा एकजना पुरुष कलाकार र तीनजना महिला कलाकारहरुको खोजी भइरहेको छ ।

चारैजना मुख्य कलाकारहरुको उमेर भने १७ देखि २० वर्षसम्मको हुनु पर्ने बताएको छ ।

अडिसनसमय चैत्र १ गते ११ बजे नेपाल फिल्म एकेडेमी, महाराजगञ्जमा हुनेछ ।

अडिसनमा सहभागि हुन इच्छुक हुने कलाकारहरुले इमेल [email protected] आफ्नो एक फोटो सहितको विवरण मेल गन सक्नेछन् ।

एनएफआई क्रिएसनको ब्यानरमा निर्माण हुन लागेको उक्त फिल्मको वैशाखबाट छायांकन थालिने पनि खुलाएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट