काठमाडौं– सत्तारुढ नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले वर्तमान सरकारलाई दुई वर्ष टिकाउने प्रयासमा रहेको बताएका छन् ।
बुधबार संसद बैठक स्थगित भएपछि बाहिरिने क्रममा उनले अब एमाले पार्टीको सरकार जोगाउने प्रयासमा लाग्ने बताएका हुन् ।
‘हामी अब एमाले भयौं । संसदमा विभिन्न राजनीतिक खेलहरू हुनेछन् । म एमालेको वरिष्ठ नेताको हैसियतले भन्नुपर्दा अब हाम्रो पार्टी सरकार जोगाउनेतिर लाग्छ ।’ खनालले भने ।
सरकारले दुई वर्षको कार्यकाल राम्रोसँग पूरा गर्नुपर्ने उनले बताए ।