बुधबार थप १०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि-Sutra News

बुधबार थप १०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

बुधबार, २६ फाल्गुन २०७७

बुधबार, २६ फाल्गुन २०७७

काठमाडौं- नेपालमा थप १०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।



बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ३४८८ मा पिसिआर गर्दा १०४  जनामा कोरोना पुष्टि भएको हो ।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७४ हजार ९७३ पुगेको छ ।  पछिल्लो २४ घण्टामा ६३ जना निको भएर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७१ हजार ५० पुगेको छ ।

अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३०१२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट