काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)को सचिवालय बैठक बसेको छ । पार्टी कार्यालय बालकुमारीमा जारी बैठकले सरकारमा जाने विषयमा छलफल गर्ने बताइएको छ ।
सरकारमा जाने विषयमा जसपाभित्रै यसअघि बुधबार बसेको पदाधिकारी बैठकले कुनै निर्णयमा जान सकेको थिएन ।
फागुन २३ को सर्वोच्च अदालतको फैसलापछि नेकपाबाट पूर्ववत् अवस्थामा फर्किएपछि माओवादी केन्द्रले जसपालाई सत्ता सहकार्यको प्रस्ताव राखेर सरकार निर्माणको तयारीमा छ । त्यस्तै, नेकपा एमालेले पनि आफ्नो सरकार जोगाउन जसपालाई सत्तामा आउन प्रस्ताव अघि सारेको छ ।
जसपाले भने मधेस र थरुहट आन्दोलनको वेलामा पक्राउ परेका रेशम चौधरीलगायत नेता–कार्यकर्ताको रिहाइ, मुद्दा फिर्ता र संविधान संशोधनसहितका माग पूरा भएपछि मात्रै सरकारमा जाने बताउँदै आएको छ । आजको सचिवालय बैठकले यस विषयमा निर्णय गर्ने सम्भावना छ ।