४४८४ मा पिसिआर गर्दा ९७ लाई कोरोना-Sutra News

४४८४ मा पिसिआर गर्दा ९७ लाई कोरोना

बिहिबार, २७ फाल्गुन २०७७

बिहिबार, २७ फाल्गुन २०७७

काठमाडाैं- नेपालमा थप ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।



बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४४८४ मा पिसिआर गर्दा ९७ जनामा कोरोना पुष्टि भएको हो ।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७५ हजार ७० पुगेको छ । पछिल्लो २४ घण्टामा ६६ जना निको भएर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७१ हजार ११६ पुगेको छ ।

अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३०१२ पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट