काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले र जनता समाजवादी पार्टी (जसपा)का नेताहरूसँग आज बालुवाटारमा भेटवार्ता गर्दैछन् । प्रधानमन्त्रीले जसपा नेताहरूसँग सत्ता सहकार्यका लागि छलफलका लागि बोलाएका बोलाएका हन् ।
फागुन २३ को सर्वोच्च अदालतको फैसलाले नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता अवैधानिक ठहर गर्दै पूर्ववत् अवस्थामा फर्कादिएपछि नयाँ सत्ता समीकरणको खेल शुरु भएको छ ।
माओवादी केन्द्रले ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएमा आफ्नो सरकार टिकाइराख्न अर्को पार्टीको साथ लिनुपर्ने हुन्छ । त्यही छलफलका लागि जसपाका नेताहरू बालुवाटार बोलाएका जसपाका एक नेताले जानकारी दिए ।
संसदमा निर्वाह गर्ने भूमिकाका विषयमा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवका साथै वरिष्ठ नेताहरू राजेन्द्र महतो र अशोक राई बिहीबार छलफलमा बसेका थिए ।
उनीहरूले साँझ प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने तय भएको जसपाका एक नेताले जानकारी दिए ।
सत्ता सहकार्यका लागि जनता समाजवादी पार्टीसँग नेकपा एमालेसँगै नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले पनि छलफल गरिरहेको छ । तर जसपा नेताहरूले आफूहरुको माग पूरा गर्नेलाई सहयोग गर्न सक्ने जवाफ दिएको छ ।