काठमाडौं– पुनर्थापित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकपटक फेरि क्रान्ति गर्नुपर्ने बताएका छन् ।
काठमाडौंमा आयोजित ‘नयाँ नमुना स्वस्थ्यकर्मी संघ’ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले वर्तमान परिस्थतबाट देशलाई जोगाउन नयाँ क्रान्तिको आवश्यकता रहेको बताए ।
‘मलाई उमेरले कत्तिको साथ दिन्छ, त्यो त म भन्न सक्दिनँ । ‘जनयुद्ध’ सुरु गर्दा ४२/४३ वर्षको थिएँ । अहिले ६६/६७ वर्षको भएँ । जति साथ दिन्छ म लडिरहने छु । छोड्नेवाला छैन,’ प्रचण्डले सम्बोधनको क्रममा भने, ‘माओत्सेतुङ्ले पनि ७२ वर्षमा सांस्कृतिक क्रान्ति गरेर सफल भएकै थिए ।’
भिडियोमा हेर्नुस