काठमाडौ- नेपाल कम्युनिस्ट पार्टी (एमाले) को केन्द्रीय कमिटीको बैठक चैत्र १ गते बस्ने भएको छ ।
नयाँ परिस्थितिबारे छलफल गर्न नेकपा एमालेले केन्द्रीय कमिटीको बैठक बोलाएको हो । सर्वोचको फैसलासँगै साविकको एमाले ब्युँतिएपछि पहिलो बैठक बस्न भएको छ ।
२०७५ जेठ ३ गते माओवादी केन्द्रसित एकीकृत भएर नेकपा बनेपछि एमाले विघटन भएको थियो तर गत २३ गते सर्वोच्च अदालतले ब्युँताइदिएपछि नयाँ परिस्थितिबारे छलफल गर्न पार्टीको केन्द्रीय कमिटी बैठक बस्न लागेको जनाइएको छ ।
यसअघि गुटगत भेला भएका थिए ।
वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाल पक्षीय स्थायी कमिटी सदस्यहरुको बिहीबारको भेलाले पनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले तत्काल बैठक बोलाउनुपर्ने निष्कर्ष निकालेको थियो ।