२५१२ मा पिसिआर गर्दा ४८ लाई कोरोना-Sutra News

२५१२ मा पिसिआर गर्दा ४८ लाई कोरोना

शुक्रबार, २८ फाल्गुन २०७७

शुक्रबार, २८ फाल्गुन २०७७

काठमाडौं- नेपालमा थप ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।



शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा २५१२ मा पिसिआर गर्दा ४८ जनामा कोरोना पुष्टि भएको हो ।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७५ हजार ११८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६१ जना निको भएर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७१ हजार १७७ पुगेको छ ।

अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३०१२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट