एमालेमा ओली समूहले खोस्यो नेपाल पक्षका नेताको जिम्मेवारी-Sutra News

एमालेमा ओली समूहले खोस्यो नेपाल पक्षका नेताको जिम्मेवारी

शुक्रबार, २८ फाल्गुन २०७७

शुक्रबार, २८ फाल्गुन २०७७

काठमाडौं– सर्वोच्च अदालतको फैसलाबाट ब्युँतिएको नेकपा एमालेको पहिलो केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताको जिम्मेवारी खोसेको छ ।



प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार आफू पक्षीय केन्द्रीय सदस्यहरूको बैठक राखेर नेता नेपाल पक्षका नेताहरूको जिम्मेवारी खोसेको हो ।

सोही बैठकले विवादपछि माओवादी केन्द्रमा नफर्किएका गृहमन्त्री रामबहादुर थापा बादलसहित २३ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।

बैठकले एमालेको विदेश विभाग प्रमुखमा डा. राजन भट्टराईलाई नियुक्ति दिएको छ । उक्त विभाग प्रमुखमा यसअघि माधव नेपाल थिए ।

त्यस्तै, सुदूरपश्चिम प्रदेश इञ्चार्जमा भीम रावललाई हटाएर लेखराज भट्टलाई जिम्मेवारी दिइएको छ ।

कर्णाली प्रदेश इञ्चार्जमा युवराज ज्ञवाली हटाएर यमलाल कँडेललाई तोकिएको छ ।

बागमती प्रदेश इञ्चार्जमा नेपाल पक्षकी अष्टलक्ष्मी शाक्यलाई हटाएर ईश्वर पोखरेललाई जिम्मेवारी दिइएको छ । भने प्रदेश १ मा भीम आचार्यलाई हटाएर सुवास नेम्वाङलाई जिम्मेवारी दिएको छ।

बैठकले पार्टीको प्रवक्तामा प्रदीप ज्ञवालीलाई तोकेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट