काठमाडौं– नेकपा एमाले केपी शर्मा ओली पक्षको केन्द्रीय कमिटी बैठकले आज ४२ जना केन्द्रीय सदस्य थप गरेको छ । जसमा पूर्वमाओवादी केन्द्रका नेता रामबहादुर थापा ‘बादल’ सहित २२ जना रहेका छन् ।
शुक्रबार थपिएका केन्द्रीय सदस्यमा रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणिचन्द्र थापा, प्रभु साह, गौरीशंकर थारु, लिलाबहादुर थापा, टंक आङबुहाङ, पासाङ शेर्पा, ज्वाला साह, टेकबहादुर बलामी, कमल जंग, मनोज थापा, विषमलाल अधिकारी, दधिराम न्यौपाने, दिनेश पन्थी, नवीन रोका, धर्मराज रेग्मी, डम्बर बिष्ट, झपट बोहरा, दावा लामा र चन्द्रबहादुर खड्का छन् ।