यस्तो छ टिमुरको महत्व-Sutra News

यस्तो छ टिमुरको महत्व

शनिबार, २९ फाल्गुन २०७७

शनिबार, २९ फाल्गुन २०७७

टिमुरको केही गेडालाई पिँधेर (२५-२५) मिग्रा धुलोलाई महमा मिलाएर चाट्नाले वा वीरेनुन र हिङसँग ४/५ दाना टिमुर मिलाई पानीमा पकाएर खानाले पेटको दुखाइ, दम, रुघाखोकी आदि रोगमा फाइदा गर्छ ।



-यसले पेटको जुका मार्छ ।

-यसले खानपानमा रुची बढाउनुको साथै बान्ता पनि रोक्छ ।

-टिमुरका गेडा, बोक्रा, जरा, कलिला हाँगासहितका पातहरुलाई पिँधी धुलो बनाइ खानाले दाँत तथा मुखका सम्पूर्ण रोगहरु नाश गराउँछ ।

-यसले दुखेको दाँतमा टिमुर राख्दा पनि आराम मिल्छ ।

-यसको धुलोलाई मनतातो पानीमा राखेर खानाले पेटको वायु सफा राख्दछ ।

साभार: ‘मेरो डाक्टर’ पुस्तकबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट