थपिए ६० कोरोना संक्रमित, निको भए ७२-Sutra News

थपिए ६० कोरोना संक्रमित, निको भए ७२

शनिबार, २९ फाल्गुन २०७७

शनिबार, २९ फाल्गुन २०७७

काठमाडौं- नेपालमा थप ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।



शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ६० जनामा कोरोना पुष्टि भएको हो ।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७५ हजार १७८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ७२ जना निको भएर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७१ हजार २४९ पुगेको छ ।

पछिल्लो २४ घण्टमा थप दुई जनाको कोरोनाबाट मृत्यु भएको छ । योसहित कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३०१४ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट