कुवेतमा एक नेपालीको मृत्यु-Sutra News

कुवेतमा एक नेपालीको मृत्यु

आइतबार, १ चैत्र २०७७

आइतबार, १ चैत्र २०७७

दोहा- बैदेशिक रोजगारीका लागि कुवेत पुगेका एक नेपाली कामदारको मृत्यु भएको छ ।



केही दिनदेखि कुवेतको आदान अस्पतालमा उपचार गराइरहेका रोल्पाका दिलिपसिंह बुढामगरको उपचारकै क्रममा मृत्यु भएको हो ।

गैरकानुनी रुपमा कार्यरत रहेका उनको स्वास्थ्यमा खराबी आएपछि उपचारका लागि अस्पताल लागिएको थियो ।

मृतक कति बर्षदेखि कुवेतमा कार्यरत थिए, कहिलेदेखि गैरकानुनी रुपमा कार्यरत थिए र उनले पहिले काम गर्ने कुन कम्पनी हो भन्ने बारे केही खुलेको छैन ।

मृतकको परिवारसँग सामान्यव गरि आवश्यक प्रक्रिया पुर्‍याएर शव स्वदेश पठाइने कुवेतस्थित नेपाली दूतावास स्रोतले जनाएको छ।

मृतकको घरमा श्रीमती र तीन छोराहरु रहेको बुझिएको छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट