काठमाडौं- सरकारले नेपाल प्रहरीको २ सय ८७ युनिटको नाम हेरफेर गरेको छ ।
प्रहरी प्रधान कार्यालयदेखि सीमा सुरक्षा चौकीसम्मका युनिटको नाम हेरफेर गरिएको हो ।
हेरफेरसँगै प्रहरी प्रधान कार्यालय (हेडक्वाटर) को नाम ‘नेपाल प्रहरी प्रधान कार्यालय’ बनाइएको छ ।
उपत्यकासहित सबै प्रहरी युनिटको नाम अघि रहेका ‘महानगरीय’ शब्द झिकिएको कान्तिपुर दैनिकमा प्रकाशित छ ।