माओवादी केन्द्रको बैठक जारी, नाम फेर्ने र पार्टी एकीकरणसम्मको एजेन्डा-Sutra News

माओवादी केन्द्रको बैठक जारी, नाम फेर्ने र पार्टी एकीकरणसम्मको एजेन्डा

आइतबार, १ चैत्र २०७७

आइतबार, १ चैत्र २०७७

काठमाडौं- पेरिसडाँडामा जारी नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा मुख्य एजेण्डाहरु पेश भएका छन् ।



बैठकमा पार्टीको नाम परिवर्तन गर्ने, कम्युनिस्ट पार्टीहरुबीचको एकताबारे छलफल गर्ने एजेण्डा तय गरिएको छ ।

अन्य एजेन्डाहरुमा सहिदहरुप्रति श्रद्धाञ्जली, वर्तमान राजनीतिक अवस्थाबारे केन्द्र र प्रदेशको रिपोर्ट पेश, रिपोर्टहरुमाथि छलफल र सुझाव लिने, राष्ट्रिय कार्यकर्ता भेलाको विधि छन् ।

पछिल्लो राजनीतिक ध्रुवीकरणसँगै नयाँ सरकार गठन, ओलीको बर्हिगमन, त्यसका लागि दलहरुबीच भइरहेको वार्ता र समीकरणका बारेमा अध्यक्ष पुष्पकमल दाहालले ‘प्रचण्ड’ बैठकमा ब्रिफिङ गर्ने नेताहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट