१० औं नेफ्टा अर्वाड सम्पन्न, विपिन र मेनुका उत्कृष्ट-Sutra News

१० औं नेफ्टा अर्वाड सम्पन्न, विपिन र मेनुका उत्कृष्ट

आइतबार, १ चैत्र २०७७

आइतबार, १ चैत्र २०७७

काठमाडौं- नेपाल प्राविधिक संघको आयोजनामा १० औं नेफ्टा फिल्म अर्वाड शनिबार सम्पन्न भएको छ ।



उक्त अवार्डमा उत्कृष्ट अभिनेताको अवार्ड फिल्म प्रसादबाट विपीन कार्कीले जित्न सफल भएका छन् भने उत्कृष्ट अभिनेत्रीको अवार्ड फिल्म ‘साईली’ बाट मेनुका प्रधानल जितेकि छिन् ।

त्यस्तै ‘प्रसाद’ले अन्य पाँच विधामा पनि अर्वाड जितेको छ । फिल्म ‘छक्का पन्जा-३’ बाट दिपा श्री निरौलाले उत्कृष्ट निर्देशकको अर्वाड जित्दा, उत्कृष्ट फिल्मको अर्वाड पनि ‘छक्का पन्जा-३’ ले नै पाएको छ ।

यसका साथै अन्य चार विधामा पनि सो फिल्मले अवार्ड जित्न सफल भएको छ । डेब्यु अभिनेतामा फिल्म ‘इन्टु मिन्टु’ लण्डनबाट धिरज मगरले अवार्ड जिते भने डेब्यु अभिनेको अवार्ड फिल्म ‘नाई नभन्नु ल-३’ बाट सुहाना थापाले जितिन् ।

यता फिल्म ‘गोपि’बाट सह अभिनेत्रीको अर्वाड सुरक्षा पन्तले जित्दा, सह अभिनेताको अर्वाड भने डमरुको ‘डन्डिबियो’बाट अनुप बरालले जितेका छन् ।

यसका साथै पपुलर अभिनेता अवार्ड अनमोल के.सी र पपुलर अभिनेत्रीको अवार्ड साम्राज्ञी राज्य लक्ष्मी शाहले जितेका छिन् । ३६ विधामा वितरण गरिएको अवार्ड कार्यक्रमा कलाकर्मीहरुकोे बाक्लै उपस्थिति रहेको थियो ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट