सिरहाको बम विष्फोटमा सात घाइते, गोइत समूहको पर्चा भेटियो-Sutra News

सिरहाको बम विष्फोटमा सात घाइते, गोइत समूहको पर्चा भेटियो

आइतबार, १ चैत्र २०७७

आइतबार, १ चैत्र २०७७

काठमाडौं- सिरहाको लाहान नगरपालिकास्थित मालपोत कार्यालयमा आज बम विस्फोट भएको छ । विस्फोट भएको ठाउँमा तराई जनतान्त्रिक मुक्ति मोर्चा (गोइत) समूहको पर्चा भेटिएको छ ।



बम विष्फोट भएको स्थानमा उक्त समूहको पर्चा भेटिएकोले सोही समूहले विष्फोट गराएको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।

बम विष्फोटमा परी सातजना घाइते भएका छन् । घाइते मध्ये सेवाग्राही दिनेसकुमार भण्डारीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी शालिग्राम शर्माले जानकारी दिए ।

घाइतेहरुको लहानको सप्तऋषि अस्पतालमा उपचार भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट