पछिल्लो २४ घण्टामा ५३ जना कोरोना संक्रमित थपिए, नेपालमा दुईलाख बढी संक्रमित-Sutra News

पछिल्लो २४ घण्टामा ५३ जना कोरोना संक्रमित थपिए, नेपालमा दुईलाख बढी संक्रमित

आइतबार, १ चैत्र २०७७

आइतबार, १ चैत्र २०७७

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा दुई हजार ६ सय १५ जनाको पिसिआर परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमण देखिएको हो ।

यस अवधिमा ७७ जना संक्रमित कोरोनामुक्त भएका छन् । हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ८ सय ९१ मात्र छ ।

नेपालमा अहिलेसम्म दुई लाख ७५ हजार २ सय ३१ जनामा कोरोना पुष्टि भइसकेको र त्यसमध्ये दुई लाख ७१ हजार ३ सय २६ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

कोरोना निको हुने दर ९८.६ प्रतिशत रहेको छ । यसैगरी नेपालमा हालसम्म तीन हजार १४ जनाको कोरोनाले मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट