एमाले बनेका कर्णालीका सांसद विष्ट माओवादीमै आए-Sutra News

एमाले बनेका कर्णालीका सांसद विष्ट माओवादीमै आए

आइतबार, १ चैत्र २०७७

आइतबार, १ चैत्र २०७७

सुर्खेत- नेपाल कम्युनिस्ट पार्टी माओवादीका तर्फबाट कर्णाली प्रदेशसभामा सुर्खेतबाट निर्वाचित सांसद ठम्मर विष्ट फेरि नेकपा माओवादी केन्द्रमै फर्किएका छन् ।



दुई दिनअघिमात्रै नेकपा एमालेको केन्द्रीय सदस्य भएका सांसद विष्ट ४८ घण्टामै फेरि केन्द्रमै फर्किएका हुन् ।

आइतबार सांसद विष्ट केन्द्रका अध्यक्ष प्रचण्डसँगको वार्तापश्चात उनी पार्टीमा फर्किएको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य मायाप्रसाद शर्मा ‘पारसमणि’ ले बताए ।

‘हामीले उहाँसँग विभिन्न वैचारिक र सैद्धान्तिक बहस गरेका थियौं । त्यो बहसका आधारमा उहाँ नेकपा माओवादी केन्द्रमा आजै फर्किनुभएको छ । अध्यक्ष प्रचण्डले पार्टीमा स्वागत पनि गर्नुभएको हो’, शर्माले भने ।

विष्ट गत असोज २५ गते मुख्यमन्त्री महेन्द्र शाहीविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्नेमध्येका एक हुन् । उनले केही समयपछि उक्त हस्ताक्षर फिर्ता लिएको सामाजिक सञ्जालमा लेखेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट