काठमाडौं- नेपालमा पहिलोपटक ११ महिने शिशुमा कलेजो प्रत्यारोपण गरिएको छ ।
त्रिवि शिक्षण अस्पतालका प्रत्यारोपणविद् डा.रमेशसिंह मण्डारीको नेतृत्वमा शिशुमा कलेजो प्रत्यारोपण गरिएको हो । शिशुलाई ३५ वर्षीय बाबुले कलेजो दान गर्नुभएको हो ।
प्रत्यारोपण गर्ने शिशु र कलेजो दान दिने बाबुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।