ओखलढुङ्गा- एक वृद्धको शव फेला परेको छ । मोलुङ गाउँपालिका वडा नम्बर-५ का ६६ वर्षीय शंङ्कर तामाङ गत फागुन १६ गते पेन्सन लिन घरबाट हिंडेका थिए ।
उनको शव शनिबार स्थानीय पाखाबारी गोरेटो बाटो नजिक फेला परेको हो ।
तामाङलाई बिहीबारसम्म स्थानीयले भेटेको कारण शुक्रबार मादक पदार्थ सेवन गरी घर फर्किने क्रममा लडेर मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ ।
घर नफर्किएपछि खोजी गर्ने क्रममा सडकबाट ३० मिटर तल शव फेला परेको गोरखापत्रमा प्रकाशित छ ।