संसद् पुनर्स्थापनापछि पहिलोपटक नेपाल-ओली भेट-Sutra News

संसद् पुनर्स्थापनापछि पहिलोपटक नेपाल-ओली भेट

सोमबार, २ चैत्र २०७७

सोमबार, २ चैत्र २०७७

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलका लागि नेकपा-एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल लगायतका नेताहरू धुम्बाराहीस्थित एमालेको पार्टी कार्यालय धुम्बाराही पुगेका छन् ।



प्रधानमन्त्री ओली पनि केहिबेरमा आइपुग्ने बताइएको छ । ओलीतर्फका नेता तथा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि कार्यालय पुगिसकेका छन् ।

त्यसलगत्तै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली पनि कार्यालय पुगेका छन् । केहिबेरपछि नेपालतर्फका नेताहरु सुरेन्द्र पाण्डे, भीम रावल, घनश्याम भुसाल, रघुजी पन्त, गोकर्ण बिष्ट पनि छलफलमा सहभागिताका लागि पुगेका छन् ।

अदालतको फैसलाबाट एमाले ब्युँतिएपछि ओली र नेपाल लगायतका पार्टीको दुई खेमाका नेताहरु प्रतिनिधि सभा विघटनपछि आपसमा पहिलोपटक छलफल गर्न लागेका हुन् ।

अहिले पार्टी कार्यालयमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट