काठमाडौं-नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माधवकुमार नेपालको नेतृत्वमा पार्टीका दुई समूहबीच पार्टी कार्यालयमा छलफल सुरु भएको छ ।
प्रधानमन्त्री ओलीले पछिल्लो घटनाक्रम र पार्टीमा देखिएका विवादबारे छलफल गर्न वरिष्ठ नेता नेपाललाई बोलाएपछि नेताहरु धुम्बाराहीस्थित एमालेको पार्टी कार्यालय पुगेका हुन् ।
एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली लगायतका आफूपक्षीय नेताहरु सहित ओली छलफलका लागि कार्यालय पुगेका छन् ।
अदालतको फैसलाबाट एमाले ब्युँतिएपछि ओली र नेपाल लगायतका पार्टीको दुई खेमाका नेताहरु प्रतिनिधिसभा विघटनपछि आपसमा पहिलोपटक छलफल गर्न लागेका हुन् ।
त्यसैगरी सुरेन्द्र पाण्डे, भीम रावल, घनश्याम भुसाल, रघुजी पन्त, गोकर्ण बिष्टसहितको टोलीसँग नेपाल छलफलमा जुटेका छन् ।
सम्वाद र सहमतिका साथ सहकार्यबाहेक अर्को सुगम बाटो छैन । आजको नेकपा (एमाले) निर्माणको मात्र होइन, मुलुक निर्माणको अभिभारा हाम्रो कॉधमा छ भन्ने आत्मसात गर्नासाथ समाधान असम्भव छैन । अध्यक्ष कमरेड केपी शर्मा ओलीको अग्रसरताले निकास निकाल्छ भन्ने विश्वास बढेको छ । pic.twitter.com/hlcbqh74Pl
— Bishnu Rijal (@bishnurijal1) March 15, 2021