काठमाडौं- एमालेमा फर्किएका वरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनाल पक्षले केपी शर्मा ओलीका पछिल्लो कदमविरुद्ध वक्तव्य निकाल्ने भएका छन् ।
आज बिहान नयाँ बानेश्वरमा सम्पन्न स्थायी समिति बैठकले ओलीका पछिल्ला गतिविधिहरू पार्टी हितको विपरित भएको निष्कर्ष निकालेको हो ।
कैलालीमा भीम रावलको नेमप्लेट हटाएर लेखराज भट्टको नेमप्लेट कायम गर्न खोज्ने क्रममा दुईपक्षबीच भएको झडपको पनि वैठकले छानबिन गर्ने निर्णय गरेको छ ।
त्यस्तै सुनसरीमा ओली समूहले पार्टी कार्यालयको साइनबार्ड परिवर्तन गर्ने क्रममा कार्यकर्ताबीच झडप भएकोमा समेत ध्यानाकर्षण गराएको छ । बैठकमा ओलीलाई अराजकता नियन्त्रण गर्न, पार्टीलाई विधि, पद्धति र विधानअनुसार चलाउन आग्रह गरिएको छ ।
बैठकले अहिले एमालेभित्रको आन्तरिक एकतालाई जोड दिँदै नेकपा माओवादीलाई पनि सँगै लिएर जानुपर्नेमा जोड दिइएको छ । सरले समाचारभित्र राखेर फाटो पठाउन पदैन । समाचार मात्रै लेख्नुहोस् ।