काठमाडौं- नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा सोमबार दोस्रो दिन बसेर बैठक केही दिनका लागि स्थगित भएको हो ।
दोस्रो दिन सोमबार बसेको बैठकमा २० जना नेताहरुले आआफ्नो धारणा राखेका थिए । बैठकमा बोल्ने अधिकांश नेताहरुले पार्टीलाई सैद्धान्तिक र सांगठनिक रुपमा चुस्त दुरुस्त राख्नुपर्ने धारणा राखेको नेता गणेश साहले जानकारी दिए ।
साहले भने, ‘२० जनाले धारणा राख्नुभयो । धेरैको भावना पार्टीलाई एकतावद्ध बनाउँदै सांगठनिक र सैद्धान्तिक रुपले चुस्त दुरुस्त बनाउनुपर्छ भन्ने कुराहरु आए । अबको बैठकमा दस्तावेजसहित छलफल हुनुपर्ने मागहरु पनि उठे ।’