३३११ मा पिसिआर गर्दा ७९ लाई कोरोना-Sutra News

३३११ मा पिसिआर गर्दा ७९ लाई कोरोना

सोमबार, २ चैत्र २०७७

सोमबार, २ चैत्र २०७७

काठमाडौं- नेपालमा थप ७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।



सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ३३११ मा पिसिआर गर्दा ७९ जनामा कोरोना पुष्टि भएको हो ।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७५ हजार ३१० पुगेको छ ।

पछिल्लो २४ घण्टा ७५ जना निको भएर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७१ हजार ४०१ पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट