माओवादी केन्द्रले भन्यो– पार्टी विभाजन गर्ने सर्वोच्चको फैसलामाथि पुनरावलोकनमा जान्छौं-Sutra News

माओवादी केन्द्रले भन्यो– पार्टी विभाजन गर्ने सर्वोच्चको फैसलामाथि पुनरावलोकनमा जान्छौं

सोमबार, २ चैत्र २०७७

सोमबार, २ चैत्र २०७७

काठमाडौं- नेकपा (माओवादी केन्द्र)ले नेपाल कम्युनिष्ट पार्टी नेकपालाई विभाजित गर्ने गरी सर्वोच्च अदालतले गरेको फैसलामाथि छिट्टै पुनरावलोकनका लागि जाने बताएको छ ।



सोमबार बसेको पार्टी केन्द्रीय कमिटीको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले सर्वोच्चको फैसलामाथि छिट्टै पुनरावलोकनमा जाने बताएका हुन् ।

उनीहरूले विशिष्ट राजनीतिक परिस्थिति र क्रान्तिकारी आन्दोलनको एकीकरणजस्ता विषयमा आ–आफ्नो कोणबाट विचार राखेको श्रेष्ठले जानकारी दिए ।

‘हामीले यसअघि नै निर्णय गरेअनुसार सर्वोच्चको फैसलामाथि छिट्टै पुनरावलोकनमा जाने छौं । साथै, तत्कालीन परिदृश्यमा जोडिएका कार्यभारहरू पूरा गर्न देशका प्रमुख पार्टीहरूसँग संवाद तीब्र बनाउने निर्णय भएको छ,’ श्रेष्ठले भने ।

केन्द्रीय समिति बैठक हाललाई स्थगित गरिएको छ । अब पार्टीका नेताहरू जिल्ला र प्रदेशमा जाने श्रेष्ठले बताए ।

‘अहिले नै निर्धारित गरिएको जिम्मेवारी अनुसार तलसम्म संगठनात्मक काम सम्पन्न गर्नुपर्ने छ । त्यसपछि फेरि केन्द्रीय कमिटी बैठक सुरुआत गर्नेछौं,’ श्रेष्ठले भने, ‘त्यसपछि केही दिनमा राष्ट्रिय कार्यकर्ता भेला हुन्छ ।’

उनका अनुसार आजको बैठकमा २० जना नेताहरूले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट