आफूनिकट नेताहरूलाई माधव नेपालले भने– ओलीसँग कुरा मिलेन, राष्ट्रिय भेला रोकिँदैन-Sutra News

आफूनिकट नेताहरूलाई माधव नेपालले भने– ओलीसँग कुरा मिलेन, राष्ट्रिय भेला रोकिँदैन

सोमबार, २ चैत्र २०७७

सोमबार, २ चैत्र २०७७

काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग सोमबार भएको छलफलबारे आफूनिकट सांसद र केन्द्रीय सदस्यलाई जानकारी गराएका छन् ।



बानेश्वरमा आफूनिकट सांसद र केन्द्रीय सदस्यलाई ब्रिफिङ गर्दै नेपालसहित धुम्बाराहीमा सहभागी नेताहरूले त्यहाँ भएको छलफलबारे जानकारी गराएका हुन् ।

आफूनिकट नेताहरूसँगको छलफलमा नेपाल समूहले चैत ४ र ५ गते आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने बताए । नेता नेपालले ओली समूहसँगको संवाद सकारात्मक हुन नसकेकाले भेला नराक्ने बताएका हुन् ।

ओलीले मंगलबार बालुवाटारमा चियापान कार्यक्रम आयोजना गरेका छन् । तर नेता खनाल–नेपाल समूहका नेताहरुले उक्त चियापानमा नजाने बताए । नेताहरूले आफ्नो समूहका कुनै नेतालाई पनि उक्त चियापानमा नजान निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट