काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठक बोलाएकी छन् ।
मंगलबार दिउँसो ४ बजेका लागि बोलाइएको बैठकमा पूर्वप्रधानमन्त्री र संसदमा प्रतिनिधित्व गर्ने दलका मुख्य नेतालाई आमन्त्रण गरिएको राष्ट्रपतिका सञ्चार मामिला विज्ञ टीका ढाकालले जानकारी दिए ।
राष्ट्रपतिले यसअघि नै दलहरूसँग छलफल गर्न चाहे पनि कोरोना जोखिमका कारण त्यो सम्भव नभएको र अहिले खोपको उपलब्धता सँगै त्यो सजिलो भएको शीतल निवासको भनाइ छ ।