काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम समूहको बैठक सुरु भएको छ ।
बल्खुस्थित एक पार्टी प्यालेसमा १२ बजेदेखि गौतम पक्षका नेता तथा कार्यकर्ता सहभागी एकता राष्ट्रिय अभियान कार्य सम्पादन समितिको पूर्ण बैठक सुरु भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा केन्द्रीय सदस्यलाई चियापान कार्यक्रम आयोजना गरिरहेका बेला सो कार्यक्रम बहिष्कार गर्दै गौतम समूहले पनि छुट्टै भेला आयोजना गरेको हो ।
माओवादी केन्द्र र एमालेबीच पार्टी एकता गर्नका लागि भूमिका खेल्ने बताउँदै आएका गौतमले पछिल्लो समय भने नेकपाभित्रको विभाजन रोक्न एकताको पहल थाल्ने बताएका थिए ।
यस्तै माधवकुमार नेपाल समूहले पनि भोलिका लागि बोलाएको कार्यकर्ता भेलाको जानकारी दिन आजै पत्रकार सम्मेलनको आयोजना गर्दैछ ।
गत चैत २८ गते अध्यक्ष ओलीले पार्टीमा अध्यक्ष र महासचिवबाहेक सबै पदाधिकारीको जिम्मेवारी खोसेपछि नेपाल र गौतम समूह असन्तुष्ट भन्दै छुट्टै भेला र बैठकमा ब्यस्त रहेका छन् ।
नेकपा विभाजनपछि नेकपा एकता राष्ट्रिय अभियान बनाएका गौतमले त्यसयता गुटगत भेला गर्दै आएका छन् ।