शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभा बैठक स्थगित-Sutra News

शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभा बैठक स्थगित

मंगलबार, ३ चैत्र २०७७

मंगलबार, ३ चैत्र २०७७

काठमाडाैं- प्रतिनिधिसभाले संविधानसभा सदस्य दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव पारित गरेको छ । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकले यादवको निधनमा दु:ख व्यक्त गर्दे शोक प्रस्ताव पारित गरेको हो ।



स्वर्गीय यादव २०७० सालको संविधानसभा सदस्य निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी एमालेबाट बाँके क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । पूर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री समेत रहेका यादवको ७५ बर्षको उमेरमा गत माघ १ गते निधन भएको थियो ।

शोक प्रस्ताव पारित गर्नुअघि सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावली २०७५ को नियम १० को उपनियम १ बमोजिम सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सांसदहरु डा.डिला संग्रौला पन्त, मान बहादुर विश्वकर्मा, राधा कुमारी ज्ञवाली, रेखा शर्मा, रेणु कुमारी यादव, लालबाबु पण्डित र सोमप्रसाद पाण्डे मनोनयन गरेको जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट