पार्टीका नेता-कार्यकर्तालाई ओलीले भने- माधव नेपालको भेलामा गए कारबाही गरिन्छ-Sutra News

पार्टीका नेता-कार्यकर्तालाई ओलीले भने- माधव नेपालको भेलामा गए कारबाही गरिन्छ

मंगलबार, ३ चैत्र २०७७

मंगलबार, ३ चैत्र २०७७

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको नाममा माधव नेपाल पक्षले छुट्टै गुटको भेला गरे कारबाही गर्न सक्ने चेतावनी दिएका छन् ।



प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार पार्टीका केन्द्रीय सदस्यहरुका लागि गरिएको चियापान कार्यक्रममा बोल्दै उनले पार्टीमा बसेपछि उच्छृङ्खल गतिविधि गर्न तथा विधान विपरितका काम गर्न छुट नदिइने बताए ।

उनले भने, ‘अचाक्ली भयो, पार्टीलाई पार्टीको रुपमा चल्न नदिने, जहिलेपनि भाँडभैलो मच्चाउने,अब यो कुरा हुन सक्दैन । पार्टीमा हामी सबैले बिचारमा एकजुट भएर विधि पद्धतिमा रहेर काम गर्नुपर्छ । अब अनुसाशनहीन काम भयो भने पार्टीको विधान छ, कानुन छ, संविधान छ, संसद नियमावली छ, दलसम्बन्धी कानुन छ, यी सबैतिर म ध्यानाकर्षण गराउन चाहन्छु ।’

उनले भोलि माधव नेपाल पक्षको हुन लागेको भेलाबारे बोल्दै त्यस्ता गुटगत भेला नगर्न, त्यस्ता भेलामा सरिक नहुन सचेत गराएको उल्लेख गरे ।

अपराध गर्नेलाई स्वागत छ नभने पनि पार्टीमा आए काम गर्न दिने बताए । उनले हिजोको झै तमाशा गर्ने, जगहँसाई गर्ने, मिडियालाई समाचार लेख्न काम पाउने अवस्था सिर्जना नगर्न आग्रह गरे ।

उनले भने, ‘एकथरी अनुहार आज चियापानमा देखिएनन्, यो राम्रो लक्षण हैन । उहाँहरुले त्यस्तो निर्णय गरेको होइन होला भन्ने म ठान्छु । अझै केही समय बाँकी छ । भोलि गुटगत भेला राख्नुहुन्छ, राख्नुहुन्न कतिको तमाशा गर्नुहुन्छ एक नजर त्यता राखिनेछ । पार्टीलाई धम्क्याएर घुक्र्याएर ठेगान लगाउछु भन्ने सोचेको छ भने पार्टी विधि विधानअनुसार चल्छ, नचाहिने कुराका अगाडि लत्रिने कुरा छैन ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट