माओवादी केन्द्रको संसदीय दलको नेतामा प्रचण्ड-Sutra News

माओवादी केन्द्रको संसदीय दलको नेतामा प्रचण्ड

मंगलबार, ३ चैत्र २०७७

मंगलबार, ३ चैत्र २०७७

काठमाडौं- नेकपा माओवादी केन्द्रले पार्टी संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई नै कायम गर्ने निर्णय गरेको छ ।



आज बसेको संसदीय दलको बैठकले दाहाललाई दल नेता कायम राख्ने निर्णय गरेको सांसद वर्षमान पुनले जानकारी दिए ।

सर्वोच्चले नेकपा माओवादी केन्द्र ब्युँताइदिएपछि आज पहिलोपटक दलको बैठक बसेको थियो । 

उक्त बैठकले दलको दलको नेता प्रचण्ड र सचेतकमा देवप्रसाद गुरूङलाई नै कायम गर्ने निर्णय गरेको सांसद पुनले बताए ।

राष्ट्रिय सभामा दलको प्रतिनिधि नेताका रूपमा सांसद दीनानाथ शर्मालाई तोकिएको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट