फिल्म ‘ए साथी सुन’ को छायांकन सुरु-Sutra News

फिल्म ‘ए साथी सुन’ को छायांकन सुरु

मंगलबार, ३ चैत्र २०७७

मंगलबार, ३ चैत्र २०७७

काठमाडौं- फिल्म ‘ए साथी सुन’ को छायांकन सुरु भएको छ । मंगलबार हेटौंडाबाट फिल्मको छायांकन सुरु भएको हो ।



अभिनेत्री वर्षा शिवाकोटीको मुख्य अभिनय रहने फिल्मले साथी-साथीबीचको सम्बन्धको कथालाई प्रस्तुत गर्नेछ ।

राम राघव आर्चयको डेब्यु निर्देशनमा फिल्म निर्माण भइरहेको छ । वर्षाको अपोजिटमा रमेश बानियाँ देखिदै छन् । रमेश पनि यहि फिल्मबाट अभिनेताको रुपमा डेब्यु गर्दैछन् ।

इभान इन्टरटेन्मेन्टको ब्यानरमा बिना कार्कीले फिल्म निर्माण गर्न लागेकी हुन् ।

फिल्ममा जयनन्द लामा, सुशील पोखरेल, रमेश अधिकारी, प्रतीक्षा शाह चन्द, सुभाष शाह लगायतका कलाकारहरूको पनि अभिनय रहने छ ।

फिल्मको हेटौंडा साथै वीरगञ्जमा पनि छायांकन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट