सर्वदलीय बैठकमा राष्ट्रपतिले दिइन् दलहरूलाई यस्तो सुझाव-Sutra News

सर्वदलीय बैठकमा राष्ट्रपतिले दिइन् दलहरूलाई यस्तो सुझाव

मंगलबार, ३ चैत्र २०७७

मंगलबार, ३ चैत्र २०७७

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई मुुलुकको राजनीतिक सौन्दर्य आपसी संवाद, सहकार्य र एकता रहिआएको परिवेशमा संविधानको प्रभावकारी कार्यान्वयन र लोकतन्त्रको सुदृढीकरणका लागि राजनीतिक दलहरू बीचको सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिएकी छन् ।



मंगलबार साँझ सर्वदलीय बैठकमा नेताहरूलाई शितल निवासमा स्वागत गर्दै राष्ट्रपतिले यस्तो जोड दिएकी हुन् । 

राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ,’ राष्ट्रपतिज्यूले हाम्रो समाज शालीन, सभ्य र सहिष्णु रहीआएको छ । यहाँको नेतृत्वले सधैँ उच्च राजनीतिक संस्कार कायम गर्दै आएको छ । यो असल संस्कार निरन्तर कायम रहनु पर्दछ भन्नुभयो ।’

नेपालको अतिक्रमित भू-भाग सामेल गरी गत जेठ महिनामा नयाँ राजनीतिक नक्सा प्रकाशन गर्न दलहरूले प्रदर्शन गरेको अभूतपूर्व राष्ट्रिय एकताका सन्दर्भमा यसैगरी सर्वपक्षीय भेटघाटको आयोजना गरेको स्मरण गर्दै सबै दलका नेताहरूप्रति धन्यवाद दिएको विज्ञप्तिमा उल्लेख छ ।

सो अवसरमा राष्ट्रपतिले मित्रराष्ट्र बंगलादेशका राष्ट्रपतिबाट त्यहाँका राष्ट्रपिता बंगबन्धु शेख मुजिबुर रहमानको जन्म शतवार्षिकीका अवसरमा बंगलादेशको राजधानी ढाकामा आयोजना हुन लागिरहेको कार्यक्रममा सहभागी हुन मैत्रीपूर्ण निमन्त्रणा प्राप्त भएको र निकट भविष्यमा बंगलादेशको राजकीय भ्रमण गर्न लागेको जानकारी गराइएको थियो ।

नेताहरुले राष्ट्रपतिलाई बंगलादेश भ्रमणको सफलताको शुभकामना दिएका थिए । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट