कांग्रेस नेता जोशीको स्वास्थ्य अवस्था नाजुक-Sutra News

कांग्रेस नेता जोशीको स्वास्थ्य अवस्था नाजुक

बुधबार, ४ चैत्र २०७७

बुधबार, ४ चैत्र २०७७

काठमाडौं- मस्तिस्कघातपछि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत कांग्रेस नेता तथा पूर्वमन्त्री नविन्द्रराज जोशीको अवस्था गम्भीर रहेको र भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पताल प्रशासनले जानकारी दिएको छ ।



अस्पतालले आज विहान ७ बजे जारी गरेको विज्ञप्तिमा भेन्टिलेटरको पूर्ण सपोर्टमा राखेर उपचार भइरहेको र उनको अहिलेको अवस्थ गम्भीर रहेको बताइएको छ ।

फागुन १४ गते भर्ना भएका जोशीको स्वास्थ्य केहि दिनपछि सुधार भएपछि भेन्टिलेटरबाट निकालिएको र पुनः विग्रिएपछि भेन्टिलेटरमै राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट