काठमाडौं- नेकपा एमालेले कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
बुधबार बसेको संसदीय दलको बैठकले सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता बोलाउँदै समर्थन फिर्ता लिएको मुख्य सचेतक गुलावजंग शाहले जानकारी दिए ।
‘आज हाम्रो दलको बैठक बसेर सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता बोलाउँदै समर्थन फिर्ता लिएका छौं’ शाहले भने ।
कर्णाली प्रदेश सरकारमा एमालेका तर्फबाट तीनजना मन्त्री सहभागी छन् ।