विराटनगर- नेकपा माओवादी केन्द्रका पूर्वपोलिटब्युरो सदस्य श्रीप्रसाद जबेगु माओवादी केन्द्र छोडेर नेकपा एमालेमा प्रवेश गरेका छन् ।
पूर्वराज्यमन्त्री समेत रहेका जगेबुले माओवादीको पार्टी सञ्चालन शैलीप्रति असहमति जनाउँदै माओवादी परित्याग गरी एमाले प्रवेश गरेको घोषणा गरेका हुन् ।
जबेगु संविधानसभा सदस्य समेत हुन् । उनी दोस्रो संविधानसभामा माओवादीबाट समानुपातिक सभासद् थिए ।
जबेगु २०७३ सालमा प्रचण्डको नेतृत्वमा गठन भएको सरकारमा संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री र पशुपंक्षी विकास राज्यमन्त्री भएका थिए ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता हुनुअघि नेकपा माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य रहेका जबेगु पार्टी एकतापछि जिम्मेवारीविहीन थिए ।