२७ सय ८१ स्वाब परीक्षण गर्दा ९४ जनामा कोरोना संक्रमण-Sutra News

२७ सय ८१ स्वाब परीक्षण गर्दा ९४ जनामा कोरोना संक्रमण

बुधबार, ४ चैत्र २०७७

बुधबार, ४ चैत्र २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामामा २७ सय ८१ स्वाब परीक्षण गराउँदा ९४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।



यो सहित कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ५१८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

यस्तै, पछिल्लो २४ घण्टामा थप ५५ जना डिस्चार्ज भएका छन् । योसहित निको हुनेको संख्या २ लाख ७१ हजार ५५० पुगेको छ ।

निको हुने प्रतिशत दर ९८.६ हो । यस्तै मन्त्रालयका अनुसार ९५४ जना कोरोनाका सक्रिय संक्रमित छन् ।

बुधबार कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । हाल कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १४ पुगेको छ ।

यस्तै अहिले ४९ जना क्वारेन्टाइन र ९५४ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट