एजेन्सी- दोस्रो लेगमा २–० को जितपछि एट्लेटिको मड्रिडलाई समग्रमा ३–० गोलअन्तरले पराजित गरी चेल्सी सात वर्षपछि युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ ।
पहिलो लेगमा १–०को अवे जित निकालेको चेल्सीका लागि दोस्रो लेगमा इमर्सन पल्मिरीले खेलको अन्तिम मिनेटमा गोल गरी २–० को जित निश्चित गराएका थिए । त्यसअघि पहिलो हाफको ३४ औं मिनेटमा हाकिम जियाचले गेल गरेका थिए ।
अघिल्लो संस्करणको यही चरणमा एट्लेटिकोको त्यतिबेलाको साविक विजेता लिभरपुललाई पराजित गरेको थियो । तर यस खेलमा जियाचको गोलपछि एट्लेटिकोले खेलमा फर्कर्ने सामर्थ्य नै राखेन ।
बरु थोमस टचेलले जिम्मेबारी संहालेपछि लगातार १३ खेलसम्म अविजित बनेको चेल्सीले विभिन्न अवसरहरु सृजना गरिरहेको थिो । ८१ औं मिनेटमा एट्लेटिकोका स्टेफान सेभिक तारो कार्ड खाँदै मैदान बाहिरिएपछि १० खेलाडीमा समेटिएको थियो ।
अर्को खेलमा साविक विजेता बायर्न म्युनिखले दोस्रो लेगमा इटलीको लाजियोमाथि २–१ को जित निकाल्यो । पहिलो लेगमा ४–१ को अवे जित हासिल गरेको बायर्न समग्रमा ६–२ को फराकिलो अन्तरले विजयी रह्यो ।
रोवर्ट लेवण्डोस्कीले ३३ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरी टिमलाई अग्रता दिलाएका थिए । फ्रान्सिस्को असर्बीले लियोन गोरेज्कालाई बक्सभित्र धकेलेपछि बायर्नले पेनाल्टी पाएको हो ।
७३ औं मिनेटमा इरिक म्याक्सिम चुपोले गोल गरी २–० को अग्रता दिलाए । खेलको अन्त्यतिर मार्को पारोलोले एक गोल फर्काए पनि समग्रमा बायर्नको अग्रता धेरै भइसकेको थियो ।