नातिनी बलात्कार गर्ने हजुरबुबालाई आजीवन कारावास-Sutra News

नातिनी बलात्कार गर्ने हजुरबुबालाई आजीवन कारावास

बिहिबार, ५ चैत्र २०७७

बिहिबार, ५ चैत्र २०७७

उदयपुर- जिल्ला अदालत उदयपुरले आफ्नै आठ वर्षीया नातिनीलाई कलात्कार गरेको कसुरमा ५६ वर्षीया हजुरबुबालाई आजीवन कारावासको सजाय फैसला गरेको छ ।



बुधबार जिल्ला अदालत उदयपुरका न्यायाधीश माधवप्रसाद सिलवालको इजालासले नातिनी बलात्कारको कसुरमा उनलाई आजीवन कारावाससहित रु ४० हजार दण्ड जरिवाना गर्ने फैसला गरेको अदालतका स्रेस्तेदार धनबहादुर कार्कीले बताए ।

कसुरदार पुरुषले पीडित राहतकोषमा रु चार हजार जम्मा गर्नुपर्नेसहितको फैसला अदालतले गरेको जिल्ला अदालत उदपुरले बताएको छ । 

गत भदौ ९ गते आफ्नै नातिनीलाई बलात्कार गरेको कसुरमा हजुरबुबाविरुद्ध प्रहरीमा उजुरी परेपछि जिल्ला प्रहरी कार्यालयले ती पुरुषलाई पक्राउ गरेर अनुसन्धान गरी अदालतको आदेशानुसार अदालतमा मुद्दा दर्तासँगै पूर्पक्षका लागि थुनामा राख्दै आएको थियो । रासस  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट