गुटगत भेला गर्नेलाई कारबाही गर्ने एमाले संसदीय दलको निर्णय-Sutra News

गुटगत भेला गर्नेलाई कारबाही गर्ने एमाले संसदीय दलको निर्णय

बिहिबार, ५ चैत्र २०७७

बिहिबार, ५ चैत्र २०७७

काठमाडौं- नेकपा एमालेको संस्थापन पक्षको गुटगत भेला गर्ने र त्यस्ता भेलामा जाने सांसदलाई कारबाही गर्ने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा एमाले संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।



बैठकले सांसदहरुलाई गुटगत भेलामा नजान सचेत गराउने र पार्टी निर्णय नमान्नेलाई विधानअनुसार कारबाही गर्ने निर्णय गरेको छ ।

‘बालुवाटारमा सम्पन्न एमाले संसदीय दलको बैठकले सांसदहरुलाई गुटगत भेलामा नजान सचेत गराउने र अटेर गर्नेलाई विधानअनुसार कारबाही गर्ने निर्णय गरेको छ’ सांसद महेश बस्नतेले भने, ‘पार्टीको निर्देशनबाहेक अन्य निर्देशन नमान्न सांसदहरूलाई सचेत गराउने निर्णय भएको छ ।’

बिहीबारको बैठकमा झलनाथ खनाल–माधवकुमार नेपाल समूहका केही सांसद पनि सहभागी भएको बताइएको छ ।

खनाल–नेपाल समूहले बुधबारदेखि आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेला आज सकिँदै छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट