२४ घण्टामा थपिए १०७ जना कोरोना संक्रमित-Sutra News

२४ घण्टामा थपिए १०७ जना कोरोना संक्रमित

बिहिबार, ५ चैत्र २०७७

बिहिबार, ५ चैत्र २०७७

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १०७ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७५ हजार ६२५ पुगेको छ ।



स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार ५२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७१ हजार ६१० पुगेको छ ।

हाल देशभर एक हजार जना सक्रिय संक्रमित रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट