सुत्केरीको शंकास्पद मृत्यु, श्रीमान् प्रहरी नियन्त्रणमा-Sutra News

सुत्केरीको शंकास्पद मृत्यु, श्रीमान् प्रहरी नियन्त्रणमा

बिहिबार, ५ चैत्र २०७७

बिहिबार, ५ चैत्र २०७७

दुल्लु- ठाटिकाँध गाउँपालिका-६ की एक सुत्केरीको शंकास्पद मृत्यु भएको छ । सुत्केरी भएको १५ दिनपछि उनको मृत्यु भएको हो ।



मृत्यु हुनेमा शेरबहादुर रोकायकी श्रीमती ३२ वर्षीया हस्तना थापा रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

बुधवार स्थानीय ठाटिकाँध बजार गएर साँझ फर्केपछि बच्चा र श्रीमान् शेरबहादुर सँगै सुतेका र बिहान हेर्दा हस्तनाको मृत्यु भएको देखिएको प्रहरी प्रमुख अनुपम श्रेष्ठले बताए ।

प्रहरीका अनुसार हस्तनाको मृत्यु शंकास्पद देखिएकाले थप अनुसन्धानका लागि श्रीमान् शेरबहादुरलाई नियन्त्रणमा राखिएको छ ।

मृतक हस्तनाका यसअघि तीन छोरी छन् । नवजात शिशुको अवस्था सामान्य रहेको आफन्तले जनाएका छन् ।

मृत्युको कारण पोस्टमार्टम रिपोर्टपछि खुल्ने प्रहरी प्रमुख श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट