‘सम्हालिन्छ कहिले मन’को रिलिज मिति तय, यी बिग ब्यानर फिल्म सँग भिड्दै-Sutra News

‘सम्हालिन्छ कहिले मन’को रिलिज मिति तय, यी बिग ब्यानर फिल्म सँग भिड्दै

बिहिबार, ५ चैत्र २०७७

बिहिबार, ५ चैत्र २०७७

काठमाडौं- अभिनेत्री पूजा शर्मा तथा अभिनेता आकाश श्रेष्ठ मुख्य भूमिकामा रहेको फिल्म ‘सम्हालिन्छ कहिले मन’ को रिलिज मिति तय भएको छ ।



निर्माण टिमले २०७८ भदौ १८ गतेलाई रिलिज मिति तय गरेको छ । महिलाहरुको महान चाँड ती लाई लक्षित गरि फिल्मको रिलिज मिति तय गरिएको हो ।

दुई वर्ष अगाडिबाट छायाँकन सुरु भएको फिल्मको यसै हप्ता दुबईमा इन्डक्ल्याप गरिएको हो ।

निर्माण टिमले यस अघि पनि गएको तीजलाई फिल्म रिलिज गर्ने सोच बनाएका थिए । तर कोरोना भाइरसका कारण फिल्मको निर्माणमा ढिलाई भयो ।

सुर्दशन थापा निर्देशित फिल्ममा पूजा र आकाशसहित सोनम तोप्देन, गौरी मल्ल, सरोज खनाल, धिरेन शाक्य लगायतका कालाहरुरको पनि मुख्य अभिनय रहने छ ।

तर ‘सम्हालिन्छ कहिले मन’ सँग अन्य दुई फिल्म पनि भिड्ने भएका छन् । ती फिल्महरु हुन् ‘ए मेरो हजुर–४’ र ‘आईएम टवान्टी वान ।’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट