काठमाडौं- नेकपा एमाले खनाल-नेपाल पक्षले देशभर समानान्तर संगठन र पार्टीका गतिविधिहरू संचालन गर्ने निर्णय गरेको छ ।
बिहीबार ललितपुरमा सम्पन्न कार्यकर्ता भेलापछि बसेको शीर्ष नेताहरूको बैठकले उक्त निर्णय गरेको हो ।
त्यसै अनुरुप आज कालीमाटी बैङ्केटमा अखिल नेपाल महिला संघको राष्ट्रिय भेला राखिएको छ । बिहानी ११ बजेबाट शुरु हुने भेलालाई नेताद्वय झलनाथ खनाल र माधव नेपालले सम्बोधन गर्नेछन् ।
गत फागुन २९ गते केपी ओलीले खनाल-नेपाल पक्षका नेताहरूको पद खोसिदसएपछि लगत्तै उनीहरूले समानान्तर कमिटी बनाएका थिए ।