रिमा भन्छिन्- मेरो जीवनमा आएका उतार-चढावमा उत्कृष्ट बायोपिक बन्छ-Sutra News

रिमा भन्छिन्- मेरो जीवनमा आएका उतार-चढावमा उत्कृष्ट बायोपिक बन्छ

शुक्रबार, ६ चैत्र २०७७

शुक्रबार, ६ चैत्र २०७७

काठमाडौं- नेपालमा बायोपिक फिल्महरू कम बन्ने गरेका छन् । बनेका बायोपिकहरू पनि उत्कृष्ट बन्न सकिरहेका छैनन् । तर अभिनेत्री रिमा विश्कर्माको भने आफ्नै बायोपिक फिल्ममा अभिनय गर्ने इच्छा रहेको छ ।



सञ्चारकर्मीहरूसँग उनले भनिन्, ‘मेरो जीवनमा तपाईंहरूलाई थाहा नभएका कति कुरा होलान । मलाई लाग्छ, मेरो जीवनमा घटेका घटनाहरूमा एउटा उत्कृष्ट फिल्म बन्छ । र, मलाई मेरै जीवनीमा बनेको फिल्ममा आफैं अभिनय गर्ने रहर पनि छ ।’

त्यस्तै रिमाले अभिनेत्री मनिषा कोइरालाको बायोपिकमा अभिनय गर्ने इच्छा रहेको पनि बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट