नेपालमा थप १२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि-Sutra News

नेपालमा थप १२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

शुक्रबार, ६ चैत्र २०७७

शुक्रबार, ६ चैत्र २०७७

काठमाडाैं- नेपालमा थप १२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।



शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ३१६१ मा पिसिआर गर्दा १२५ जनामा कोरोना पुष्टि भएको हो ।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७५ हजार ७५० पुगेको छ ।

पछिल्लो २४ घण्टा १२३ जना निको भएर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७१ हजार ७३३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ३०१६ पुगेको छ ।

कोरोनाबाट निको हुनेको दर ९८.५ प्रतिशत छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट