काठमाडौं- क्यान्सर पीडित ‘नारायण भण्डारी बचाउ अभियान’ सुरु भएको छ ।
रोल्पाको गंगादेव गाउँपालिका वडा नम्बर–२ निवासी १६ वर्षीय भणडारी लामो समयदेखि ‘ब्रेन ट्यूमर’ पीडित हुन् ।
उनको २०७७ मंसीरदेखि काठमाडौंको अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भैरहेको छ ।
परिवारको आर्थिक अवस्था कमजोर भएकाले भण्डारीको उपचारमा समस्या भएको परिवार स्रोतले बताएको छ ।
उनलाई पुर्नजीवन दिलाउन आर्थिक सहयोगका लागि ‘भण्डारी बचाउन अभियान’ पनि सुरु गरिएको हो ।
इच्छुकलाई आर्थिक सहयोगका लागि आग्रह गरिएको छ । सहयोग गर्न चहानेले बालकृष्ण वली ९ग्लोबल आईएमई बैंक- ५७०७०१०००८७०७० को खाता नम्बरमा रकम जम्मा गर्न सक्ने छन् ।
त्यस्तै सहयोगबारे बुझन् विमलराज डाँगीलाई ९८५७८५७०४४ मा सम्पर्क गर्न सकिने छ ।